लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साउदीले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको नियम खुकुलो बनाउँदै

IMG

२०७८ फागुन २५ , तिलोत्तमा सिटी । अब साउदीमा सभा, सम्मेलन, भेलाजस्ता कार्यक्रममा उपस्थित हुँदा, एकले अर्कालाई भेट्दा वा सेवा लिनका लागि लाइनमा रहँदा भौतिक दूरी कायम गर्नु नपर्ने भएको छ ।कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएका विभिन्न नियमहरू खुकुलो बनाउँदै साउदी सरकारले खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउन नपर्ने भनेको छ । अस्पताल, सरकारी कार्यालय, सपिङ मल तथा पसलजस्ता सार्वजनिक स्थलमा प्रवेश गर्ने हरेकले  Tawakkalana App को प्रयोग गर्नु पर्ने छ । अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, सपिङ मल, अन्य पसल, जिम खानाजस्ता बन्द स्थलमा जाँदा भने अनिवार्य रूपमा मास्क लगाउन पर्नेछ ।


नेपालबाट साउदी जाँदा पीसीआर रिपोर्ट आवश्यक पर्ने छैन भने साउदी प्रवेश गर्ने कसैले पनि संस्थागत वा होम क्वरेण्टीनमा बस्न पर्ने छैन । भिजिट भिसामा जानेहरूले भने कोरोना सङ्क्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य बिमा गर्नुपर्छ ।यी सबै नियम मार्च ५ अर्थात् फागुन २१ देखि कार्यान्वयनमा आइसकेको छ ।

कमेन्ट गर्नुहोस्