लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटबार्ता

IMG

२०७८ फागुन २५ , तिलोत्तमा सिटी ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले खुमलटारस्थित  ‘प्रचण्ड’ निवासमा  भेटवार्ता गरेकी छन् ।भेटका क्रममा अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका सम्बन्धबारे छलफल केन्द्रित भएको स्रोतले जानकारी दिएको छ ।चीनका विदेशमन्त्री यीले चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाण्डु आउने तयारी गरेका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आंकलन गरिएको छ ।


कमेन्ट गर्नुहोस्