लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तिम चरणमा कर्णाली करिडोरको हुम्ला खण्डको काम

IMG

२०७८ फागुन २५ , तिलोत्तमा सिटी ।  कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डको दुल्ली कुना र लालीबगर क्षेत्रमा हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अन्तिम चरण पुगेको छ । दुबै स्थानमा अहिले आयोजनाले चट्टानी क्षेत्रमा विष्फोट गर्ने र अन्य निर्माण गर्ने कार्य तीव्र पारेपछि काम अन्तिम चरणमा पुग्न गएको हो । कर्णाली करिडोरको सलीसल्ला छारे खण्ड र खार्पु सुनाखाडा क्षेत्रका लागि दुई वटा निर्माण कम्पनीहरुले छुट्टा छुट्टै रुपमा निर्माण कार्यलाई तीव्रता दिँदै आएका छन् । 


 लालीबगर क्षेत्रमा पिएस क्याराभ्यान कङ्ग्री जेभी र दुल्लीकुना क्षेत्रमा सपना धुलीखेल जेभी निर्माण कम्पनीले काम गर्दै आएका छन् ।आयोजनाको इन्जिनियर निरजकुमार राजवंसीका अनुसार खार्पु लालीबगर क्षेत्रको २२ किलो मिटरमा पाँच सय मिटर मात्र बाँकी रहेको र सलीसल्ला सल्लेरी क्षेत्रको दुल्लीकुनामा पचास मिटर चट्टानी भाग मात्र बाँकी रहेको छ ।दबैतिर चट्टानी भाग रहेको कारण विष्फोट गर्ने कार्य र स्काभेटरले सम्याउने कार्य एकै साथ भइ रहेको छ । 

कमेन्ट गर्नुहोस्