लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेन र रुसका विदेश मन्त्री बिहीवार टर्कीमा भेट गर्दै

IMG

२०७८ फागुन २४ , तिलोत्तमा सिटी ।  टर्की र रुसका विदेश मन्त्रीबीच अब आउने  बिहीवार टर्कीको अन्तालया सहरमा  भेट  हुन लागेको समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।टर्कीले दक्षिणी सहर अन्तलायामा त्याे फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।त्याे फोरममा सहभागी हुन रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेश मन्त्री लाभरोभले आफू त्याे कुटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेश मन्त्रीसँग भेटघाट हुने जानकारी दिनुभएको बताइएको छ ।उता युक्रेनी विदेश मन्त्री मेभलुतले पनि त्याे फोरममा आफू जान लागेको भन्दै रुसी विदेश मन्त्रीसँग भेट हुने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कमेन्ट गर्नुहोस्