लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मन्त्र’को नयाँ प्रदर्शन आउँदो बैशाख १६ मा

IMG

२०७८ फागुन २४ , तिलोत्तमा सिटी ।  ‘मन्त्र’को नयाँ प्रदर्शन मिति मंगलवार राजधानीमा एक कार्यक्रमका बीच आउँदो बैशाख १६ गतेलाई फिल्मको प्रदर्शन घोषणा गरिएको हो । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् ।बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको अभिनय रहेको फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । 

 

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । फिल्मको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित फिल्मको पोस्टर हस्तान्तरण गरेको थियो । दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र फिल्मको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी उनी मे (बैशाख) मा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् ।


कमेन्ट गर्नुहोस्