लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकै परिवारका पाँच जना मृत भेटिए

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी ।  ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् ।  एक जना भने बेहोस छन्।  ललितपुर प्रहरीका अनुसार ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका-४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको छ ।बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्