लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहलाई थप १२ दिन हिरासतमा राखिने

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।   अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखिने भएको छ । अनुसन्धान नसकिएकाले जिल्ला अदालत तनहुँले नायक पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको हो । कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी व्यवस्थामा  रहेको छ । नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको छ दिनपछि पल शाहले प्रहरी कार्यालयमा आफैं गिरफ्तारी दिएका थिए । नाबालिग भनिएकी गायिकाले उनीवरुद्ध नवलपुर प्रहरी कार्यालयमा पनि अर्को बलातकार मुद्धा दर्ता गराएकी छन् ।

कमेन्ट गर्नुहोस्