लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।   तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि नियन्त्रण गरिएको  छ। तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेका अनुसार काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको  हो।  उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका र  अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको जिल्ला अधिकारी गैरेले जानकारी दिनुभएको छ। आज बिहान साढे १० बजेदेखि दमाैली बजारमा रहेकाे भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताउनुभयो । 


कमेन्ट गर्नुहोस्