लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८८ वटा रूसी विमान ध्वस्त पारेकाे युक्रेनकाे दाबी

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।  रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी भूमिमा ८८ वटा विमान गुमाएको र रुसी पाइलटलाई गिरफ्तार गरेको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले यस्तो दाबी गरे पनि बीबीसीका अनुसार सोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।रुसले घेराबन्दीमा पारेर चौतर्फि हमला गरे पनि दक्षिणपूर्वी शहर मेरिपोलमा युक्रेनी सेनाले प्रतिरोध गरिरहेको बताइएको छ । यस्तै, राजधानी किभ कब्जा गर्न किभको उत्तर पश्चिममा पर्ने इर्पिन शहरमा अत्याधिक मात्रामा रुसी सेनाले गोलाबारी गरेका छन् ।यस्तै, जमिनमा ६६ वटा विमान, आकाशमा १६ वटा विमान, ७०८ वटा ट्यांक, ७४ अध्याधुनिक रकेट रञ्चर, २६१ वटा तोप र मोर्टार, ५०५ वटा विशेष सैनिक गाडी र ५६ वटा सैन्य ड्रोनलाई रुसी सेनाले नष्ट गरेको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्