लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगर खानेपानी सुरक्षित खानेपानी वितरणमा मुलुकमै सर्वोत्कृष्ट

IMG

तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नं. २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमैं सर्वोत्कृष्ट भएको छ ।  खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।  विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गर्नुभयो । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरु मध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो । 


विभागले खानेपानीको दिगो व्यवस्थापन, व्यवस्थित तथा सुरक्षित खानेपानी वितरणमा शंकरनगर खानेपानीले उत्कृष्ट कार्य गरेको जनाएको छ । विभागले बर्दिवास-महोत्तरी, पाँचधारा-काठमाडौं, मानगढ-मोरङ, गजुरी-धादिङ, भादगाउँ करादी खिरखाँदी-तनहुँ, लेखनाथ-कास्की, प्रगतिनगर-नवलपरासी, शंकरनगर-रुपन्देही, सुर्खेत उपत्यका-सुर्खेत, अत्तरिया-कैलाली समेतका दश वटा शहरी खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेको छ ।    खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले आगामी दिनमा शंकरनगर खानेपानीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत उत्तिकैं महत्वपूर्ण काम गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्