लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादीको केन्द्रीय समिति बैठक १ बजे हुने

IMG

२०७८ फागुन २०, तिलोत्तमा सिटी ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार माओवादीको पदाधिकारी एवम् कार्यसमितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने भएको छ। यसलगायत आगामी स्थानीय तहको चुनाव र आगामी दिनमा पार्टी कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा आन्तरिक बहस भइरहेकाले पनि माओवादी केन्द्रको बैठक केही घण्टा पर सरेको उहाँको भनाइ छ । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा  बैठक  बस्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्