
२०७८ फागुन १९, तिलोत्तमा सिटी । मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा चालकको मृत्यु भएको छ । रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाक अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको र घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको छ । थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रीफर गरिएको थियो ।
कमेन्ट गर्नुहोस्