
२०७८ फागुन १८ ,तिलोत्तमा सिटी। माछा मार्ने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको छ। मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्