
२०७८ फागुन १८ ,तिलोत्तमा सिटी । धेरै पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार नारायणगढको नारायणी कला मन्दिरमा हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । अधिवशेनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
अधिवशेनले जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन गर्नेछ ।कांग्रेसले जिल्ला सभापतिका लागि ५ जनाले आकांक्षा राखेका छन् । सभापतिका लागि उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् । जोशी कांग्रेस चितवनका सचिव हुन् । घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति, कोइराला जिल्ला उपसभापति हुन् । खनाल महासमिति सदस्य हुन् भने श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्री हुन् ।
कमेन्ट गर्नुहोस्