लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसद भवन बाहिर शंकास्पद वस्तु फेला

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।  घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

कमेन्ट गर्नुहोस्