लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मार्चदेखि यूएईले अनिवार्य मास्कको नियम हटाउने

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  ।  कोरोना संक्रमणदर घटेसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्ने भएको छ ।तर बन्द ठाउँ अर्थात् घरभित्र बाहेक धेरै भेला भएको अवस्थामा भने मास्क अनिवार्य नै हुनेछ । यस्तै कोरोना पोजेटिभ भएकासँग कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई पनि अनिवार्य क्वरेण्टिनको नियम हट्ने यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले जनाएको छ ।कोरोना पोजेटिभ देखिएकाहरुले आइसोलेशनमा बस्नुपर्ने नियममा भने कुनै परिवर्तन गरिएको छैन । यस्तै यूएई प्रवेश गर्ने यात्रुले पूर्ण मात्रा खोप लगाएको भए खोप लगाएको पमाण र खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्