
२०७८ फागुन १६ , तिलोत्तमा सिटी । नेपाली काँग्रेस कैलालीको मतगाणना सुरु भएको छ । विहान १० बजेदेखि मतगणनाा गर्ने भनिएको थियो । सभापतिका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि पौने ३ बजेबाट मात्रै ढिलोगरी मतगणना कार्य सुरु गरिएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार उम्मेदवारबीच मतगणनाको विषयमा सहमति जुट्न नसकेका कारण ढिलो गरेर मतगणनाको काम सुरु गरिएको छ । सभापतिको मतगणना सकिएपछि मात्रै अरु उम्मेदवारको मत गणना गरिने काँग्रेस कैलालीले जनाएको छ ।सभापति पद्का लागि निवर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट र संस्थापन इतर पक्षबाट रामबहादुर कलेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनु भएको छ ।
कमेन्ट गर्नुहोस्