लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘म यस्तो गीत गाउँछु २’मा नयाँ गीत समावेश ‘ ‘पीडा भए नि’

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  ।  हलमा रिलिज भएको चार दिनपछि ‘म यस्तो गीत गाउँछु २’मा राखीएको ‘पीडा भए नि’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ ।यो गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छायाँ पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत गाइरहेको देख्न सकिन्छ ।


‘पीडा भएनी खुसी भएनी’ बोलको गीतको भिडियोमा पूजा शर्मा गायिकाको रुपमा स्टेजमा गीत गाइरहेकी छन् भने पल हतकडीसहित प्रहरीको साथमा उनको कन्सर्ट हेर्न पुगेका छन् । तर, प्रहरीले ‘समय सकियो’ भन्दै पललाई पूरा गीत सुन्न नदिँदै जेल लैजान्छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ । गीतको अडियो अत्यन्त मनछुने र बलियो छ । फिल्ममा यो गीतले विशेष  महत्त्व राखेको छ । कथावाचनको रुपमा प्रयोग गरिएको गीतले फिल्म हेरिरहँदा दर्शकका आँखा समेत रसाउँछ । सुदर्शन थापा निर्देशित फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको पनि अभिनय छ । 

कमेन्ट गर्नुहोस्