लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८० वटा राजनीति दलले स्थानीय तह निर्वाचनमा सहभागी हुने

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  । ८० वटा राजनीति दलले स्थानीय तह निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार  वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएका छन्।  यद्यपि आयोगमा ११० वटा राजनीतिक दल दर्ता छन् । जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।


आयोगले फागनु ५ देखि १५ गते आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।दल दर्ताका लागि निवेदन दिने समय सकिएको र अब राजनीतिक दलले बुझाएको कागज कानुन बमोजिम छ कि छैन त्यसबारे छानबिन गरेर मात्र आयोगमा दर्ता गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।


आयोगको निर्वाचन कार्यतालिका अनुसार आयोगमा दर्ता भएका निवेदनमा आवश्यक कागज भए नभएको बारे छानबिनको काम टुङ्ग्याइसकेपछि २६ गते राजनीतिक दल दर्ताको स्वीकृति दिइनेछ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरुले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या खुलाउनुपर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ ।

कमेन्ट गर्नुहोस्