
२०७८ फागुन १३, तिलोत्तमा सिटी । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
कमेन्ट गर्नुहोस्