लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अभिनेता पलले सार्वजनिक गरे अडियो

IMG

 २०७८ फागुन १२ तिलोत्तमा सिटी।  बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ । 


 पलले स्टाटसमा ६ वटा अडियो रेकर्ड समावेश गरेका छन्, जसमा दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसँगै समीक्षा अधिकारीको संवाद सुन्न सकिन्छ । यो अडियो रेकर्ड पलले बाहिर ल्याएसँगै बुधवारसम्म उनीमाथि खनिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अहिले उनको पक्षमा देखिएका छन् ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।

 


कमेन्ट गर्नुहोस्