
२०७८ फागुन ११,तिलोत्तमा सिटी। नेपाली कांग्रेसले बिहीबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।कांग्रेसले एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो ।फागुन ८ गते संसदमा दर्ता भएको एमसिसी सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १६ गतेभित्रै एमसिसी पारित गर्ने गरी कुराकानी गरिरहेका छन् । संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ ।
कमेन्ट गर्नुहोस्