
२०७८ फागुन ११,तिलोत्तमा सिटी। लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको मंगलवार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही दिन अगाडि मात्र उनको घाँटीको शल्यक्रिया भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे ।
कमेन्ट गर्नुहोस्