लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परदेशिएका युवाको कथामा ‘विरानो देश’

tillotmacitynews - 2022 Feb 22 03:07 PM
IMG

तिलोत्तमा सिटी,फागुन १० गते २०७८।  परदेशिएका युवाको पिर र व्यथा समेटेर तयार पारिएको ‘विरानो देश’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको मनोदशा समेट्ने प्रयास गरिएको छ । ड्रिप चाम्लिङले लेखेका शब्दमा विश्व नेपालीको स्वर र सुरेश अधिकारीको संगीत रहेको छ ।गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । सनम कठायत र रोश्नी कार्कीको अभिनय रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।




कमेन्ट गर्नुहोस्