
२०७८ फागुन १०,तिलोत्तमा सिटी। एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार मंगलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपिठ गरिदिएको हो। एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसद्मा पेश गर्न नमिल्ने जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।सूचना अधिकारी ढकालका अनुसार अब दरपिठ उपर ७३ नम्बर बमोजिम अभिवक्ता भण्डारी इजलासमा जान पाउनुहुन्छ
कमेन्ट गर्नुहोस्