लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश १ को नामाकरण आइतबार गर्ने तयारी

IMG

२०७८ फागुन १०,तिलोत्तमा सिटी।  आउँदो आइतबार प्रदेश १ को नामाकरण गर्ने तयारी गरिएको छ । १५ फागुन आइतबार प्रदेश सभाको बैठक बस्दै छ ।   प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ ।  ९२ सांसद भएको प्रदेश–१ मा एमालेका ४१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, नेकपा (एस)मा १०, जसपामा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक सांसद छन् । 


प्रदेश–१ मा नेकपा नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र संघीय लिम्बुवान मञ्च सरकारमा छ । यो गठबन्धनको सामान्य बहुमत मात्र छ। एमालेविना दुई तिहाइ पुग्दैन । नामंकनका विषयमा गठबन्धनभित्र कांग्रेसबाहेकको दलमा पहिचानसहितको नाम राख्नेमा एक मत छ । अर्थात्, किराँत, लिम्बुवानजस्ता नाममा गठबन्धनभित्र कांग्रेसबाहेकका दल एकमत छ । तर,  एमाले यी नाममा सहमत छैन

कमेन्ट गर्नुहोस्