लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल बार एसोसिएसनको निर्वाचन प्रक्रिया शुरु

IMG

२०७८ फागुन १०,तिलोत्तमा सिटी। नेपाल बार एसोसिएसनको निर्वाचन प्रक्रिया शुरु भएको छ । कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेलका अनुसार  बारको २६ औं अधिवेशनबाट केन्द्रीय समिति चयनका लागि मङ्गलबारदेखि नामावली प्रकाशन गरी प्रक्रिया शुरु गरेको छ।  २०७८ चैत १९ गते बारले अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्यका लागि निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।


तालिकानुसार फागुन १० अर्थात् मङ्गलबार मतदाता नामावली प्रकाशन, १३ गतेसम्म नामावलीमा दावी–विरोध, १९ गतेसम्म दावी–विरोधमा जाँचबुझ, २० गते मतदाताको अन्तिम नामावली प्रकाशन, २३ गते उम्मेदवारी दर्ता, २३ गते पाँच बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारको दरखास्तमा दावी–विरोध, २५ गते उम्मेदवारको  दरखास्तमा दावी–विरोध, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको बारले सूचना जारी गरेको छ ।बारमा देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ । २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति गयन गर्ने जनाएको छ ।


कमेन्ट गर्नुहोस्