
२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएकाे जिल्ला अधिवेशन साेमबारबाट सुरू भएको छ। यसअघि पहिलो पटक चिसोका कारण र दाेश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियाे । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौैं ।’अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्