लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसी टेबुल भएपछि प्रचण्डले भने-‘हामी विपक्षमा छौं’

IMG

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् ।आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

कमेन्ट गर्नुहोस्