लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघको अध्यक्षमा गिरी र सचिवमा पाेखरेल

tillotmacitynews - 2022 Feb 20 11:19 PM
IMG

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८।  बुटवलमा भएको भेलाले लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघ नेपालको तदर्थ समिती गठन गरेको छ। पाका कलाकार शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन हुनुभएको छ । समिति सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।लुम्बिनी प्रदेशभित्र अभिनय विधाका कलाकारहरु एकजुट भएका हुन् ।


छलफलमा अध्यक्ष शान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाटक क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलि चलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धि विधामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं समस्याको समाधान,पेशालाई मर्यादित र परिस्कृत बनाउँदै लैजाने बताए ।कार्यक्रमका विशिष्ट अतिथि रेखा यम सीले अभिनय कर्मिको संघ नभएको र पहिलो पटक बुटवलबाट सुरु गरिएकोमा खुसी जनाए । कार्यक्रममा बाबुराम घिमिरे, शर बहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, कासिनाथ पन्थी लागायतले बोलेका थिए । चिरन बरालको स्वागत मन्तब्य र  विजय पोखरेलको सञ्चालनमा भेला भएको थियो ।

कमेन्ट गर्नुहोस्