लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शहीद स्मारक 'ए' डिभिजन लिगमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हरायो

IMG

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा चलिरहेको  'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।  आज आइतवार भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई–एक गोलले हराएको हो ।जावलाखेलका रुपबहादुर लामा र ओङगुना जुनियरले गोल गरे ।खेलको १५ औँ मिनेटमा रुपबहादुर लामाले गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७१ औँ मिनेटमा हिमालयनका अमृत श्रेष्ठले गोल गरी बराबरीमा ल्याए । तर खेलको ८८ औँ मिनेटमा ओङगुना जुनियरले गोल गरेपछि जावलाखेल विजयी भयो । जितसँगै जावलाखेल रेलिगेशनमा पर्ने सम्भावना लगभग टरेको छ । जावलाखेल १२ खेलमा १३ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । समान खेलमा १३ अङ्क नै रहेको हिमालयन दशौँ स्थानमा छ । 


कमेन्ट गर्नुहोस्