
२०७८ फागुन ८ ,तिलोत्तमा सिटी। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाउनुभयो ।बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताउनुभयो । संसदमा ४२ वटा विधेयक विचाराधीन रहेको अवस्थामा एमसीसीलाई किन महत्व दिएर पेश गरियो भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्