
२०७८ फागुन ८ ,तिलोत्तमा सिटी। एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ ।प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस्