
२०७८ फागुन ६, तिलोत्तमा सिटी। काठमाडौं महानगरपालिका–१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनको कुटपिटबाट मृत्यु भएको छ । उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हत्या गरेको आरोपमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्