लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज आज भैरहवा आउने

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी।  राष्ट्रिय गौरवको आयोजना भैरहवाको  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ। आज  विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको छ । जहाज आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।


जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'क्यालिब्रेशन फ्लाइट' अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । 

 


कमेन्ट गर्नुहोस्