लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

IMG

२०७८ फागुन ३, तिलोत्तमा सिटी।  ‍लुम्बिनी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो ।१७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै प्रदेश सरकारले सबै काम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्