लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व रेडियो दिवस मनाइँदै

IMG

२०७८ फागुन १ ,तिलोत्तमा सिटी।  आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर विश्व रेडियो दिवस मनाइँदै छ ।नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।  १०४ वर्षीय निरंकुश जहानियाँ  राणाशासन अन्त्यका लागि  नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुुरु गरेको पाइन्छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा  रेडियो दिवस मनाउने गरिएको छ । अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् । रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ । 






कमेन्ट गर्नुहोस्