
२०७८ माघ २८, तिलोताम्मा सिटी । काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ । नगरीय ट्राफीक प्रहरी महाशाखा अनुसार बिहीबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो। कारवाहीमा पर्ने सवारी चालकमा ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना,मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् । फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना , अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्