लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण

IMG

तिलोत्तमा सिटी,माघ २८ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम आज उद्घाटन भएको छ।  नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको सो कार्यक्रममा  व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण एवं राष्ट्रीय परिचयपत्र तथा पन्जीकरण बिभागका राष्ट्रीय प्रशिक्षक निर्मल शर्माको सहजीकरण गर्नु भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख वासुदेव घिमीरेले मानिस जन्मे पछि मृत्यु हुदा सम्मको घटनालाई ३५ दिन भित्रै आफ्नो वार्ड कार्यालयमा दर्ता गराउन तथा सामाजिक सुरक्षा सुबिधा लिनुभएका सेवाग्राहीहरुलाई बेलैमा अधाबधिक तथा दर्ता गराउन सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयो।


सोहि क्रममा बोल्दै कार्यबाहक प्रमुख प्रसासकिय अधिकृत गंगाराम आचार्यले घटना दर्तामा देखिएका समस्याको समयमै पहिचान गरि सेवाग्राही तथा आम नगरबासीहरुको सेवामा सहज र सरल बनाउन यस्तो अभिमुखीकरण कार्यक्रमले सघाऊ पुर्याउने बताउनुभयो। सो कार्यक्रममा नगरप्रमुख घिमिरेसंगै नगरउपप्रमुख जागेश्वर देवी चौधरी, कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत गंगाराम आचार्य , १७ वटै वडाका अध्यक्षहरु , वडा सचिव हरु , पन्जीकरण उपशाखा प्रमुख साबित्रा भण्डारी, एम आई एस अपरेटर तथा सहायक , कम्प्यूटर अपरेटर तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । घटना दर्ता , सामाजिक सुरक्षा तथा राष्ट्रिय परिचयपत्र सम्बन्धि प्रशिक्षण रहने सो अभिमुखीकरण कार्यक्रम आईतबारसम्म संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्