
२०७८ माघ २७, तिलोताम्मा सिटी । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । अमेरिकी परियाेजना 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) संसदबाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरूबीच बहस भइरहेकाे छ ।
कमेन्ट गर्नुहोस्