लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोगले विद्युतीय मतदानको सम्भावनाबारे आईटी विज्ञहरुसँग छलफल गर्दै

IMG

२०७८ माघ २६, तिलोताम्मा सिटी । आज निर्वाचन आयोगले  विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले  विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिने र सम्भावना हुने एउटा -दुईटा जिल्ला, सहर ,नगरपालिकाको बारेमा  राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाएको बताए।  छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए ।काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।







कमेन्ट गर्नुहोस्