
तिलोत्तमा सिटी,माघ २६ गते २०७८। तिलोत्तमाका युवाहरुलाई दक्षिण कोरियामा मौसमी कामदारको रुपमा पठाउन कोरिया स्थित उच्च निकाय नेपाल कल्चर सेन्टरका पदाधिकारी संग नगरप्रमुख बासुदेव घिमिरेले भेटबार्ता गर्नुभएको छ। दक्षिण कोरियाको छुन्ग्जु नगरपालिकामा मौसमी काम दार माग भै आएको खबर पाएपछि नगरपालिकाले समन्वय गरि ति कामदारको कोटामा तिलोत्तामाका युवाहरुलाई सो को लागि लैजान प्रस्ताव गर्दै १ हप्ता अघि प्रस्तावना पेश गरिएको थियो। त्यसको लगत्तै दक्षिण कोरियामा प्रशिक्षार्थीको रुपमा मौसमी कामदार पठाउने सन्दर्भमा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र कोरिया स्थित सहजीकरण गर्ने संस्था नेपाल कल्चर सेन्टरका निर्देशक हनक्यूहो, संस्थाका म्यानेजर चुचुङ्गो एवं व्यवस्थापक मणि गौतमसँग तिलोत्तमा नगरपालिका कार्यालयमा भेटवार्ता भएको छ ।
त्यसक्रममा नगर प्रमुख घिमिरेले मौसमी कामदार पठाउन संघीय सरकारसँग समन्वय गरी आवश्यक अघि बढाइएको बताउनुभयो । नेपाल कल्चर सेन्टरका पदाधिबारीहरु तिलोत्तमा नगरपालिकाबाट मौसमी कामदार लैजाने विषयमा सकारात्मक रहेको र छिटै नै आवश्यक प्रकृया पूरा हुने विश्वास व्यक्त गर्नुभयो। यसरी पठाइने कामदार बाट सिप ज्ञान र प्रबिधि संगै स्वरोजगार तथा लगानी भित्रिने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले दावी गर्नुभयो। उहाले हामी मौसमी कामदारको रुपमा तिलोत्तामाका युवाहरुलाई दक्षिण कोरिया पठाउन हर प्रयास गरेको समेत बताउनुभयो।
कमेन्ट गर्नुहोस्