लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युतीय मतदानबारे अध्ययन गर्न आयोगले बनायो कार्यदल

IMG

२०७८ माघ २६, तिलोताम्मा सिटी ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको हो।स्थानीय तहको मिति घोषणा भएपछि आयोगले विद्युतीय मतदानको विषयमा छलफल थालेको हो। एक साताको समय दिइएको कार्यदलले विद्युतीय मतदानका प्राविधिक पक्षबारे अध्ययन गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने छ।  कार्यदलले प्रतिवेदन तयार गरेपछि आयोगले थप अध्ययन गरेर अगाडि बढ्ने प्रवक्ता पौडेलको भनाइ छ।


नेपालमा पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय मतदान भएको थियो। त्यसपछि २०६५ र २०७१ सालको निर्वाचनमा पनि विद्युतीय मेसिन प्रयोग भएको थियो।२०६५ सालको उपनिर्वाचनमा ६ निर्वाचन क्षेत्र र २०७१ को संविधानसभा सदस्यको उपनिर्वाचनमा पाँच निर्वाचन क्षेत्रमा विद्युतीय मेसिन प्रयोग गरिएको थियो।स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुने भएपछि आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरेको हो।


कमेन्ट गर्नुहोस्