लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज ओमान जाँदै नेपाली क्रिकेट टिम

IMG

२०७८ माघ २५, तिलोताम्मा सिटी ।नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशीय टी–२० सिरिज खेल्न ओमान पुग्दै छ।  टोली साँझ साढे ६ बजे ओमान प्रस्थान गर्ने क्यानका क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिएका छन् ।  दासका अनुसार सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान जान लागेको हो । 

ग्लोबल क्वालिफायर ‘ए’ का खेलहरु यही फेब्रुअरी १८ देखि २४ सम्म हुँदैछ । क्वालिफायर ‘ए’ को पनि समूह ‘ए’ मा नेपालसहित घरेलु टोली  क्यानडा र ओमान, फिलिपिन्स छन् । यस्तै समूह ‘बी’ मा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी रहेका छन् ।

कमेन्ट गर्नुहोस्