
२०७८ माघ २५, तिलोताम्मा सिटी । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ ।प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दै छ । सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् ।यस्तै, संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्