लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजार प्रणाली हट्यो

IMG

२०७८ माघ २४ ,तिलोताम्मा सिटी।  आजबाट उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली  हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो।आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको थियो।


कमेन्ट गर्नुहोस्