लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्यकर्मी नहुदा कारागारका कैदीबन्दीको उपचारमा समस्या

IMG

२०७८ माघ २४ ,तिलोताम्मा सिटी ।  स्वास्थ्यकर्मी अभाबमा  तनहुँ कारागारमा रहेका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । यहाँ कार्यरत स्वास्थ्यकर्मी सरुवा भएर अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदासम्म कैदीबन्दीको नियमित स्वास्थ्य उपचार प्रभावित भएको कारागारले जनाएको छ ।उपचार गर्ने स्वास्थ्य सहायक साढे दुई वर्ष अघिदेखि खाली छ । कारागारजस्तो संवेदनशील ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएपनि सम्बन्धित निकायको ध्यान नपुगेको कैदीबन्दीको गुनासो छ ।


स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पताल लैजानु पर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको उहाँले जानकारी दिनुभयो । ‘‘पदपूर्तिका लागि कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेका छौं तर सुनुवाई भएको छैन’’ अधिकारीले भन्नुभयो ।


कमेन्ट गर्नुहोस्