लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिजुलीकाे खम्बाबाट खसेर एक कर्मचारीको मृत्यु

IMG

२०७८ माघ २४ ,तिलोताम्मा सिटी। बिजुलीकाे खम्बाबाट खसेर सोमबार ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।खम्बामा चढेर बिजुली बनाउने क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका –४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहनुभएको छ ।


लिम्बू बिजुली बनाउने क्रममा खम्बाबाट खसेर पक्की सडकमा बजारिनुभएको थियो ।खम्बाबाट खसेर गम्भीर घाइते हुनुभएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाका अनुसार उपचारका लागि अस्पताल पु¥याइएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


कमेन्ट गर्नुहोस्