
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। क्यानडामा कोभिड-१९ विरुद्धको खोपलाई अनिवार्य बनाइएको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिन थालेको छ । करिब पाँच हजार मानिसले राजधानी ओटावामा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । शनिबार क्यानडाका कैयौं सहरमा हजारौं मानिसले शान्तिपूर्ण जुलुस निकाल्दै कोभिड खोपविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । सुरुमा ट्रक ड्राइभरले सुरु गरेको प्रदर्शनमा अन्य मानिससमेत सहभागी हुन थालेको अलजजिराले जनाएको छ ।‘हामीहरू अनिवार्य नियम, त्रास र ठूलो जेलमा बस्दा-बस्दै वाक्कदिक्क भएका छौं’ रोबर्ट नामक प्रदर्शनकारीले रोइटर्स समाचार माध्यमलाई भने, ‘उनीहरूले खोप भनेको विषलाई नलगाइकनै सामान्य अवस्थामा फर्किन चाहन्छौं ।’
कमेन्ट गर्नुहोस्