
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। सरकारले भोलि सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले २०७९ जेठ ४ मा स्थानीय चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्ने तयारी गरेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मितिको घोषणा गर्ने समेत तयारी भएको र बैठकमा चुनावको मितिको एजेन्डा तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ ।
प्रचण्ड र नेपालको चाहना विपरित देउवाले चुनावतर्फ देशलाई लान खोजेपछि गठबन्धनभित्र टकराव बढिसकेको छ । आज साँझ नै गठबन्धनको भविष्यको छिनोफानो हुने बुझिएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने तत्काल चुनावको घोषणा गर्न रोक्न खोजिरहेको अवस्थामा चुनावको मिति तय हुन लागेको हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनाव केही पर धकेल्न खोजिरहेको छन् ।
कमेन्ट गर्नुहोस्